दृष्टिविहीन क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो, सेमिफाईनल पुग्ने आशा जीवित

काठमाडौँ दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ। पाकिस्तानको लाहोरमा मंगलबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो। यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो। यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना…