काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा उपसभापति डीपी अर्याललाई छनोट गर्ने निर्णयसहित पार्टीको केन्द्रीय सचिवालय बैठक सकिएको छ । भर्चुअल माध्यमबाट भएको बैठकमा सभापति रवि लामिछानेमाथि हुने छानविन र न्यायिक प्रक्रियामा सघाउने निर्णय भएका एक केन्द्रीय सदस्यले पत्रकारहरुलाई जानकारी दिएका छन् । सभापति रवि लामिछानेकै प्रस्तावमा उनलाई कार्यवाहक सभापति बनाइएको हो ।
पार्टी स्थापनाकालदेखि नै उपभासपति रहेको र सभापति रवि लामिछानेको सभापति पद र सांसद पद खारेज हुने निर्णय यसअघि नागरिकता प्रकरणमा भएको बेलामा पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए ।
डीपी अर्याल पार्टी गठन पूर्व नै विभिन्न अभियानमा रवि लामिछानेसँगै लागेका व्यक्ति हुन् ।
सचिवालय बैठकले न्यायिक प्रक्रियामा सघाउने निर्णय गर्नुपूर्व आजै रास्वपाका नेताहरुले सभामुख देवराज घिमिरेलाई भेटेर सभापतिको सांसद पद निलम्बन नगर्न अनुरोध गरेका थिए । उनीहरुले विगतका नजिरहरुले पनि यस किसिमको अभियोग लागेकै अवस्थामा निलम्बन नगरिएको तर्क गरेका थिए ।
प्रतिक्रिया