नेपाली भनेपछि संसारमा इमान्दार, मिहेनती र विश्वासिलो जातिको रुपमा चर्चित थियौँ। संसारको जुनसुकै कुनामा पुगेपनि यही मान्यताले हामीलाई एउटा पहिचान दिलाएको थियो। एकाध अपवादबाहेक क्रुरता, हिंसा र उदण्डदा नेपालीहरुको पहिचानका विशेषण थिएनन्। संयुक्त राष्ट्रसंघले पनि नेपाली सेनालाई संसारका विभिन्न युद्धग्रस्त देशहरुमा शान्ति स्थापना गर्न शान्ति सैनिकका रुपमा पठाउंदा हाम्रो यसै प्रकारको चरित्रलाई हेरेर पनि खटाएको…