मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्नमा बसोबास गर्ने नेपालीमूलका विद्यार्थीहरुले नेपालमा भएको प्रहरी दमनको विरोध र आन्दोलनमा ऐक्यबद्धता र ज्यान गुमाएका १९ नेपाली युवाहरुको सम्झनामा शोक सभा गर्ने भएका छन् ।
साँझ ६ बजेदेखि ८ बजेसम्म फेडरेसन स्क्वायरमा भेला भएर उनीहरुले उक्त कदमप्रति अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण गर्ने योजना बनाएका छन् । तुफान रन क्लबमा आबद्ध भएका नेपाली जेनजी पुस्ताका युवाहरुले कार्यक्रम गर्न लागेका हुन् ।
केविसीखबरसँग कुरा गर्दै उनीहरुले शान्तिपूर्ण रुपमा भेला भएर प्लेकार्ड प्रदर्शन गर्दै मैनबत्ती बालेर नेपालमा भएको आन्दोलनलाई समर्थन गर्ने र बालबालिकाको हत्या गर्ने कार्यको विरोध गर्ने जनाएका छन् ।
कार्यक्रमलाई व्यवस्थित गर्न ४० भन्दा बढी स्वयंसेवकहरु रहने पनि उनीहरुले बताए । उनीहरुले ऐक्यबद्धता जनाउन एउटा नेपालीको रुपमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् । Click Here to go to Event
यसैबीच, क्रेगीबर्न नेपाली समाजले पनि क्रेगीबर्नमा साँझ मैनबत्ती बालेर नेपालमा दिवंगत भएकाहरुको सम्झनामा शोकसभा गर्दैछ ।
यसैबीच होबार्टमा पनि ऐक्यबद्धता सभा हुँदैछ । जहाँ ज्यान गुमाउनेहरुको स्मरणमा मैनबत्ति बालेर नेपालीहरु उपस्थित हुँदैछन् । साँझ ५ः३० बजेदेखि एक घण्टा उनीहरु फ्यांकलिन स्क्वायरमा भेला हुने तय भएको छ ।
प्रतिक्रिया