लुटिएका हतियार बरामद गर्ने क्रम जारी, ७३ थान नियन्त्रणमा

लुटिएका हतियार बरामद गर्ने क्रम जारी, ७३ थान नियन्त्रणमा



काठमाडौं । नेपाली सेनाले बुधबार सम्म ७३ नाल हतियार बरामद गरेको जनाएको छ।

सेनाको जनसम्पर्कत तथा सूचना निर्देशनालयका अनुसार मंगलबार रातिदेखि बुधबार साँझ ५ बजेसम्म विभिन्न ठाउँबाट ७३ नाल हतियार बरामद भएका छन् । बुधबार मात्रै सात नाल हतियार, उक्त हतियारमा लाग्ने म्यागेजिन लगायतका एसेसरिजहरू बरामद भएको जनाएको छ।

सेनाले विशेष सूचनाका आधारमा माछापोखरी क्षेत्रबाट एक नाल हतियार बरामद गरेको थियो।

त्यस्तै काठमाडौंको महाराजगन्ज इलाकामा लुटपाट गर्ने चार जनालाई पनि सेनाले बुधबार नै पक्राउ गरेको छ।

काभ्रेको जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच भएको झडप सेनाले नियन्त्रणमा लिएको पनि निर्देशनालयले जनाएको छ।

त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको उसले जनाएको छ।

सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम ९पश्‍चिम०मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ गरी ३०३ जनालाई पक्राउ गरेको सेनाले जनाएको छ।