काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल भएका छन्। ‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उनी विश्वको पहिलो खेलाडी हुन भने चौथोपटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने उहाँ पहिलो अन्तर्राष्ट्रिय खेलाडी बनेका छन्। जापानका प्रतिस्पर्धी हिरायामा जिनलाई नकआउट गर्दै…