काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन्। उनले ‘जात्रा’ र ‘जात्रै जात्रा’ श्रृङ्खला आफूले हेरिसकेकाले तेस्रो श्रृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको बताए। ‘मलाई यो श्रृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो। म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो।…