अष्ट्रेलियाको मेलबर्नमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन हुँदै

अष्ट्रेलियाको मेलबर्नमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन हुँदै


मेलबर्न अष्ट्रेलिया ।

बैशाख १४ गतेबाट नेपाल भर प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ अष्ट्रेलियाको भिक्टोरियामा प्रदर्शन हुँदैछ। भिक्टोरिया प्रदर्शनको अधिकार पाएको मुग्लान इन्टरटेनमेन्टले फिल्मको पहिलो शो मे ७ तारिख मेलबर्नको hoyts broadmeadows सिनेमा घरमा गर्न लागेको हो। मंगलबार साँझ ६ः१५ बजेबाट सुरु हुने उक्त प्रिमियर शो को सम्पूर्ण टिकट बिक्री भइसकेको मुग्लान इन्टरटेनमेन्टका निर्देशक सन्देश श्रेष्ठले जानकारी दिए। 

फिल्मको माग उच्च भएपछि मे १३ तारिख मेलबर्नमा फिल्मको दोस्रो शो गरिने उनले बताएका छन्। फिल्म ‘बोक्सीको घर’को मेलबर्नमा हुने दोस्रो शो हेर्न चाहनुहुने समयमै आफ्नो सिट सुरक्षित गर्न पनि उनले मेलबर्नबासी नेपाली फिल्म प्रेमीलाई आग्रह गरेका छन्। मे १३ तारिख आइतबार साँझ ७ बजेबाट मेलबर्नको चाइना टाउन सिनेमा हलमा फिल्मको प्रदर्शन मिति रहेको छ, उनले केबीसी खबरलाई भने। 

मेलबर्नपछि फिल्म ‘बोक्सीको घर’ भिक्टोरियाको अर्को सहर बल्लारातमा पनि प्रदर्शन गरिने निर्देशक श्रेष्ठले बताए। मे ८ तारिख showbiz cinemas मा फिल्म बोक्सीको घरको प्रिमियर शो गरिने उनको भनाइ छ। बुधवार ६ बजेबाट सुरु हुने फिल्मको बल्लारात प्रिमियर शो को टिकट पनि धमाधम बिक्री भइरहेकाले समयमै आफ्नो सिट सुरक्षित गर्न उनले आग्रह गरेका छन्। 

सत्य घटनाबाट प्रेरित फिल्म मण्डला नाटक घरमा मञ्चन गरिएको सोही शीर्षकको नाटकबाट तयार गरिएको हो। फिल्ममा शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन्। सुलक्षण भारतीद्वारा निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन्।

फिल्म ‘बोक्सीको घर’ को अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ। 

फिल्म ‘बोक्सीको घर’ को भिक्टोरिया शो हेर्न चाहनु हुनेले यहाँ क्लिक गरेर टिकट खरिद गर्न सकिने एमएसएम इन्टरटेनमेन्टले जनाएको छ।