मुम्बई । भारतीय गायक तथा रयापर हनी सिंहलाई ग्याङस्टार गोल्डी बरारले ज्यान मार्ने धम्की दिएका छन्। गोल्डी अहिले क्यानाडामा छन्। गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन्। सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन्। हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन्। प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिरहेको छ।…