काठमाडौँ ।
साफ च्याम्पियनसिपको फाइनलमा आज भारत र कुवेतबीच भिडन्त हुदैछ। फाइनल खेल आज राति ७ः४५ बजेदेखि शुरु हुदै छ।
कुवेतले सेमिफाइनलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको हो भने भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको हो।
भारतले सर्वाधिक ८ पटक साफको उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेका छन्।
भारत चार पटक उपविजेता बनेको छ भने एक पटक तेस्रो भएको थियो। कुवेत भने पहिलो पटक साफमा आमन्त्रित टिमको रुपमा भाग लिएको हो।
यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिएका थिए। साफ देश श्रीलंकाले फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा भाग लिएन। समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको थिए। त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका थिए।
प्रतिक्रिया