काठमाडौँ ।
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि आज (मंगलबार) नेपालले टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
सुपर सिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौँ स्थानका लागि खेल्न लागेका हुन। हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट खेल सुरु हुने जनाइएको छ ।
नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो। यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित भएको थियो।
नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाबे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो। आज तेस्रो टोलीसँग खेल्न लागेको नेपालले जित निकाल्न सक्ने अपेक्षा गरिएको छ। यदी नेपालले आयरल्यान्डलाई हराउन सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ।
प्रतिक्रिया