एसीसी यू-१६ इस्ट जोन कप : नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

एसीसी यू-१६ इस्ट जोन कप : नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य


कामठाडौँ ।

काठमाडौँ । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको योगफल बनायो। नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय पारी खेले।

त्यस्तै नीरज यादवले ४७ रनको योगदान दिए भने सुर्यांशु कोइरालाले १८ रन बनाए। सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन जोडे। मलेसियाका लागि मुहम्मद अक्रमले ३ विकेट लिए भने अरेन अकिल र मुहम्मद फदुलले समान १÷१ विकेट लिए।

यसअघि हिजो भएको सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको थियो। मलेसियाले भने हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो। समूह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो।