काठमाडौँ ।
जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध टिममा दुई परिवर्तन गरेको छ।
सातौं स्थानका लागि नेपालले आयरल्यान्डविरुद्ध प्लेइङ–११ मा किशोर महतो र कुशल मल्लले मौका पाएका छन्। किशोरले विश्वकप छनोटमा पहिलो पटक मौका पाएका हुन्।
यता अघिल्लो खेल खेलेका आरिफ शेख र प्रतिश जिसी आज बेन्चमा रहेका छन्।
नेपालको प्लेइङ–११
किशोर महतो, कुशल मल्ल, रोहित पौडेल, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, भिम सार्की, करण केसी, अर्जुन साउद, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ल।
प्रतिक्रिया