काठमाडौँ ।
मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ। बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो।
नेपालका लागि ओपनिङ ब्याटर सूर्यांशु कोइरालाले ४९ बलमा ६ चौकासहित ४३ रनको इनिङ खेले। यस्तै, अर्का प्रारम्भिक ब्याटर निरजकुमार यादवले ४९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए।
कप्तान अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, प्रतीक भट्टराई, दीपु कुमारले १२-१२ र कृतिक कामतले १० रन जोडे। सिंगापुरका लागि हरिहणले सर्वाधिक ३ विकेट लिए।
समूह चरणमा अपराजित रहेको नेपाल आज सिंगापुरलाई पराजित गरेमा फाइनलमा पुग्नेछ।
प्रतिक्रिया