काठमाडौँ ।
नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरिरको ७० प्रतिशत भाग र सांसद चन्द्रकान्तको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ। यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगि उको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उनको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको छ ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए। उपचारका क्रममा भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको अस्पतालले जनाएको छ।
यो पनि…
प्रतिक्रिया