काठमाडौँ ।
नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको घरमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएको छ। बुधबार राति भण्डारीको निवास बुद्धनगरमा ग्यास विष्फोट हुँदा ८६ वर्षिया आमा हरिकलासँगै नेता भण्डारी घाइते भएका हुन् ।
घाइते भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । राति अस्पताल पुगेका महामन्त्री शर्माले फर्केपछि सामाजिक संजालमा यस्तो लेखेका छन्, ‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालबाट भर्खर फर्किएको छु । ममतामयी माता र आदरणीय चन्द्र दाईदुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार नेता चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरिरको भागमा असर पुगेको छ।
भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हुन् ।
प्रतिक्रिया