ग्यास विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

ग्यास विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै


काठमाडौँ ।

घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि भा सदस्य डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ।

गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी छन् । विस्फोटमा परेर जलेका आमाछोराको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ। तर भण्डारीको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको बताइएको छ । चन्द्रको टाउको र दाइने साइडमा बढी असर गरेको उपचारमा संलग्न डाक्टरले जनाएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो पनि…