काठमाडौँ ।
बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमाको निधन भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरेकी छन् । कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए।
प्रतिक्रिया