मेलबर्न । नेपाली क्रिकेटको प्रवर्द्धन तथा क्यान्सरका कारण दिवंगत ऋचा श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको ‘ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिग २०२६’ आइतबार, अक्टोबर ११ देखि मेलबर्नमा सुरु हुने भएको छ।
सन् २०१९ देखि आयोजना हुँदै आएको यो प्रतियोगिता भिक्टोरियाको नेपाली क्रिकेट समुदाय र सगरमाथा क्रिकेट क्लबलाई सहयोग गर्दै आएकी ऋचा श्रेष्ठको सम्झनामा सञ्चालन गरिँदै आएको हो। नेपाली क्रिकेटप्रति विशेष रुचि राख्ने ऋचाको क्यान्सरका कारण निधन भएको थियो।
आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउनेछन्। सहभागी टोलीमा ब्राइटन भिक्टोरिया सीसी, चितवन सीसी, एक्सपर्ट सगरमाथा ब्लुज सीसी, फार वेस्ट हन्टर्स सीसी, गोर्खा हेरिटेज सीसी, काठमाडौं क्यापिटल्स सीसी, म्याक्सिम्याक्स एभरेस्ट युनाइटेड सीसी, एमएनसी वेस्ट सीसी, रोयल राइनोज सीसी, ट्रिकोन सीसी, त्रिशूली थन्डर्स सीसी तथा ट्वाग राइजिङ सन स्पोर्ट्स क्लब रहेका छन्।
प्रतियोगिताका खेलहरू मेलबर्नको रिजर्भोयरस्थित जेसी डोनाथ रिजर्भमा हरेक आइतबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्।
यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ। कम्पनीले प्रतियोगिताको दोस्रो संस्करणदेखि नै मुख्य प्रायोजक तथा सहयोगीका रूपमा निरन्तर साथ दिँदै आएको आयोजकले जनाएको छ। भिक्टोरियन नेपालीज क्रिकेट एसोसिएसन प्रतियोगिताको एसोसिएसन पार्टनर रहेको छ।
त्यसैगरी, बेटर च्वाइस मोर्गेज एन्ड फाइनान्स सर्भिसेज र नारायण पुरोहित सेवा प्लाटिनम पार्टनरका रूपमा रहेका छन्। भोक्स्ट्रा, योर ड्रीम होम कन्भेयान्सिङ प्रालि, बुद्ध ट्राभल्स एन्ड टुर्स, पापा जिनोज रेस्टुरेन्ट, काठमाडौं प्रोपर्टिज, क्राफ्टी डिजाइन तथा ट्याक्स ट्रिम प्रमुख साझेदार रहेका छन्। पूर्वेली–फ्लेवर अन ह्विल्स प्रतियोगिताको हस्पिटालिटी पार्टनर रहेको छ।
खेलकुदमार्फत नेपाली समुदायलाई जोड्ने, खेलाडीलाई प्रतिस्पर्धाको अवसर उपलब्ध गराउने र दिवंगत ऋचा श्रेष्ठको नेपाली क्रिकेटप्रतिको लगाव तथा योगदानलाई स्मरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको छ। यस वर्षको लिगले पनि मेलबर्नको नेपाली क्रिकेट समुदायलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता आइतबार, ११ अक्टोबर २०२६ देखि जेसी डोनाथ रिजर्भ, रिजर्भोयरमा सुरु हुनेछ।



प्रतिक्रिया