सभापति देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गर्नुभएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह,…