चिनियाँ जनकंग्रेस अध्यक्ष चान्शुले आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने

चिनियाँ जनकंग्रेस अध्यक्ष चान्शुले आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने


कामठाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भेटवार्ता दिउँसो चार बजे राष्ट्रपति भवन शितल निवासमा हुनेछ । नेपालको चार दिने भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन् ।

चिनियाँ जनकंग्रेस लीले सोमबार नै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए ।

मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग शिष्टाचार भेट गरेका थिए । सोही दिन उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

लीले राष्ट्रपति भेट्न जाँदा दिउँसो साढे ३ बजेपछि कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखी महाराजगन्ज सम्मको सवारी आवागमन प्रभावित हुने काठमाडौंै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई कार्यालयले अनुरोध गरेको छ ।