माघे संक्रान्तिको अवसरमा प्रधानमन्त्री दाहालले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् । आज आइतबार माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकामना सन्देश दिदै उनले यस्तो बताए । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताए ।…