रोल्पाबाट वर्षमानलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, सुमेरुमा उपचार हुँदै

रोल्पाबाट वर्षमानलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, सुमेरुमा उपचार हुँदै


काठमाडौँ ।

नेकपा माओवादी (केन्द्र)का उपमहासचिव वर्षमान पुन बिरामी परेपछि रोल्पाबाट काठमाडौं ल्याइएको छ । बिहीबार दाङ हुँदै शुक्रबार गृहजिल्ला रोल्पा पुगेका पुनलाई शनिबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

‘समृद्ध रोल्पा’ फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बिहान रोल्पा पुगेका थिए । शुक्रबार होलेरीमा न्यायो कपडा वितरण कार्यक्रम सकेर उनी शनिबार सुनछहरी गाउँपालिकाको पोवाङमा पुगेका थिए ।

पेट फुल्ने समस्या भएपछि उनलाई आज आकस्मिक रुपले काठमाडौं ल्याइएको हो । ललितपुरको जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उनको उपचार शुरू भएको बताइएको छ।

दुर्लभ खालको जन्डिसबाट पीडित पुन गत महिना मात्र चीनमा उपचार गरेर फर्केका थिए ।