बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा, अस्पतालमा मृतकका आफान्तको भीड

काठमाडौँ । आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा।डा। भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन । जस मध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको उनले जानकारी दिए…