काठमाडौँ ।
एक सय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन्। रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन्। भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले हिजो पक्राउ गरेको थियो।
अध्यागम विभागले खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई आज छाडिएको जनाएको छ। सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई रिहा गरिएको हो।
यस्तै राजश्व अनुसन्धान विभागले दुई जना चिनियाँ नागरिकलाई पनि थुनामुक्त गरेको छ। राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर सीआईबीलाई बुझाएको थियो।
सीआईबीले उनहरुलाई पक्राउ गर्नुपर्ने आवश्यक नदेखिएको जनाएको छ। सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ।
प्रतिक्रिया