फिफा महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

फिफा महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा


काठमाडौँ ।

इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको पहिलो सेमिफाइनल खेलमा सह–आयोजक अस्ट्रेलियालाई ३–१ गोलअन्तरले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो।

यो जितसँगै इंग्ल्यान्ड पहिलोपटक विश्वकपको फाइनल पुग्यो। लगातार तीनपटक सेमिफाइनल हार व्यहोरेको इंग्ल्यान्ड चौथो पटकमा उपाधि नजिक पुगेको हो।

इंग्ल्यान्डलाई पहिलोपटक फाइनलमा पुर्‍याउन एला टूने, एलेसिया रुसो र लरेन हेम्पले एक–एक गोल गरे। अस्ट्रेलियाका लागि सामन्था केरले एक गोल फर्काइन् ।

२३ वर्षीया एला टूनेले ३६ औँ मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन्। अस्ट्रेलियाकी कप्तान केरले ६३ औँ मिनेटमा बराबरी गोल गरिन्।

७१ औँ मिनेटमा हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई दोस्रो पटक अग्रता दिलाईन्। खेलको ८६ औँ मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डको जित सुनिस्चित गरिन्। इंग्ल्यान्डले अब आइतबार फाइनलमा स्पेनको सामना गर्ने।