एनआरएनको अध्यक्ष पदमा कतारबाट आरके शर्माले उम्मेदवारी दिने

एनआरएनको अध्यक्ष पदमा कतारबाट आरके शर्माले उम्मेदवारी दिने


काठमाडौँ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को अध्यक्ष पदमा राजेन्द्र कुमार शर्मा (आरके)ले उम्मेदवारी दिने बताएका छन्। २०२३–२५ को कार्यकालका लागि अध्यक्षका प्रत्यासी शर्माले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले आफुलाई विश्वमा रहेका अधिकांश गैरआवासीय नेपालीहरुको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन्। शर्माले आफू सम्पूर्ण रुपले नेतृत्व हाँक्न सक्षम रहेको भन्दै अब कुनै पनि अवस्थामा पछाडी नहट्ने बताए। आफु अध्यक्षका लागि स्वभाविक उम्मेदवार भएको पनि उनको भनाइ छ।

शर्माले छिट्टै औपचारिक रुपमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गर्ने बताए। आफूलाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्व अध्यक्षहरु र एनआरएनए अभियन्ताहरुको पनि समर्थन रहेको शर्माको भनाइ छ।

शर्मा अहिले एनआरएनएको उपाध्यक्ष हुन्। शर्मा कतार र नेपालमा व्यवसाय गर्छन। उनले श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन। हाल मध्यपुर्व, मलेसिया, कोरिया, युरोपमा ३० लाखभन्दा बढी श्रमिकहरु कार्यरत रहेका छन। शर्माले यिनै श्रमिकका मुद्दा र विश्वमा रहेका लाखौ गैर आवासीय नेपालीहरुको मुद्दा उठाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।

एनआरएनए आगामी नेतृत्वका लागि डा.बद्री केसी, डा.केशब पौडेल, महेश श्रेष्ठ, डा.हेम राज शर्मा, रविना थापा, सुनिल शाहले उम्मेदवारी घोषणा गरेका छन्।