रवि लामिछानेले भने, ‘स्वर्णिमजी अर्को वर्षको बजेट लेख्न सुरु गर्नुस्’

रवि लामिछानेले भने, ‘स्वर्णिमजी अर्को वर्षको बजेट लेख्न सुरु गर्नुस्’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चुनावमा बहुमत आउने र आफुहरुकै सरकार बन्ने भन्दै बजेटको तयारी गर्न उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई आग्रह गरेका छन् ।

उनले सोमबार आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा पार्टीका उपसभापति वाग्लेलाई निर्देशन दिँदै उनले भने, “डाक्टर साहब, आउने वर्षको बजेट लेख्न सुरू गर्नुहोस्।”

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर चुनावमा जान लागेको रास्वपाले पहिलो पटक डा। वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेको हो।

उनले पुराना दलका नेता(कार्यकर्तालाई कटाक्ष नगर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। सभामा विगतमा आफुले टिकापुर घटनाका विषयमा सञ्चारकर्मीका रुपमा बुझाईको कमीले कसैको मन दुखाएको भए त्यसका लागि माफी माग्छु भन्दै आफ्नो भनाई राखेका उनले कसैको स्वार्थमा होइन देशको स्वार्थमा काम गर्ने प्रतिबद्धता पनि जनाए । उनले रास्वपाभित्र नै पनि आफुहरुको योगदानको कदर नभएको भन्दै असन्तुष्टि उठेको संकेत गर्दै भने, “अहिले बेला भएको छैन के पाएँ भन्ने । मैले के दिन सक्छु भन्ने सोच्छुपर्छ सबैले ।” उनको भनाई थियो ।

ुहाम्रो एकताले हामीमाथि जिम्मेवारी थपिएको छ। अब हामी शक्तिशाली भयौं भनेर अपदस्थ भएका साथीहरूलाई कटाक्ष नगरौं,” उनले भने।

उनले अगाडि भने, “हामी मिलेपछि पपुलिस्टहरू मिले भनेर गाली गरेको सुन्नमा आएको छ। हाम्रा नेताहरूलाई गाली गरेर कोही तृप्त हुन्छन् भने उनीहरूलाई तृप्त हुन दिनुस्।”

उनले आफू जेलमा रहँदा थुप्रै व्यक्ति र समूह भेट्न आउने गरेको उल्लेख गर्दै आफैले चाहेर भेटेको भने थरूहट आन्दोलनमा लागेकाहरू भएको बताए।

उनले पुराना राजनीतिक दलहरूलाई अक्षमता स्वीकार्न पनि अनुरोध गरेका छन्।

‘पुराना राजनीतिक दलहरू जो यदाकदा आएको परिवर्तनलाई स्वीकार्न अप्ठ्यारो मानिरहेको देखिरहेको छु। उहाँहरूलाई म विनम्रतापूर्वक भन्न चाहन्छु, स्वीकार्नुस् आफ्नो असक्षमतालाई स्वीकार्नुस्। मुलुक जरजर अवस्थामा पुगिसकेको छ,’ उनले भने।

त्यस्तै, उनले थप गइगुज्रेको बहिर्गमनको सपना नदेख्न पनि अनुरोध गरे।

‘जति तपाईंहरूले पछिल्लो समय कुशासनको चपेटामा मुलुकलाई यो अवस्थामा पुर्‍याउनुभयो। अब थप गइगुज्रेको बहिर्गमनको सपना नदेख्नुस्। अपदस्थताको पराकाष्ठ यस भन्दा पर नसोचिदिनुस्। निर्वाचनमा मुलुकलाई सहज रूपमा लैजान दिनुस्,’ उनले भने।