दुर्गा प्रसाईं समूहले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौँमा प्रदर्शन हुने भएको छ। आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले बताएका छन्। ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने। उनका अनुसार सो आन्दोलन काठमाडौँ उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ।…