जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते

काठमाडौँ । रुकुम पश्चिम रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ। गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य सकिएको हो। भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए। प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले…