काठमाडौं ।
व्यवसायीदुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभइजनविद्रोह भएको बताएका छन्। ललतिपुरको बल्खुमाबिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधनगर्दै उनलेदेशबाट संघीय व्यवस्था हटाउने चाहनाबोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे।
‘हाम्रो युवाहरुबाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न आएको हो । म मर्न चहान्छु, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने,‘यो आन्दोलन आन्दोलन होइन,यसलाई तपाइँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो ।हामीले धेरै खप्यौं। यो जनविद्रोह आजबाट सुरु भयो, नेपालमाविद्रोहको विरुवा रोपियो।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप उनले लगाए । उनले प्रचण्डलाई जनतामाझ आउन आग्रह गरे।
उनले भने, ‘म अहिलेको प्रधानमन्त्रीलाई म राम्रोसँग चिन्छु, म उहाँलाई के भन्छु भने जनतासँग आउनुहोस्। हिजो यहीजनताले पु¥याएको हो तपाईलाई ठाउँमा । जनतालाई जिम्मालगाउनु, अब तपाईहरुले सक्नु भएन।’
मुलुकलाई मदिरा र चुरोट ल्याएर ट्रेनिङ सेन्टर र तस्करीको अड्डा बनाएको आरोप पनिउनले लगाए।
‘यो देशबाट सबैभन्दा बढी सुन तस्करी हुन्छ । यहाँबाट भारत जान्छ, यहाँबाट नक्कली भारतीय रुपैयाँभारत जान्छ। यहाँ रक्तचन्दन, सुपारी तस्करी हुन्छ, कलकारखाना बन्द हुन्छ, राजाको समयमा हाम्रो देश उद्योग युगमा परिणत भईसकेको थियो,’ उनले भने,‘तर आज ती उद्योग कारखाना सबै बन्द गराएर युवा जति बाहिर पठाएर यो देशमा रक्सी, चुरोट ल्याएर ट्रेनिङ सेन्टर बनाइयो, मारवाडीहरुको इसारामा यो देशलाई तस्करीको स्थान बनाइयो।’

प्रतिक्रिया