काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू एक्लैले गणतन्त्र हल्लाएको दाबी गरेका छन्। बिहीबार बल्खुको प्रदर्शनपछि निजी निवास भक्तपुरको ठिमीमा पत्रकार सम्मेलन गर्दै उनलेसंसदीय दलहरुएकातिरर अर्कोतिर एक्लै हुँदा पनि आफूले गणतन्त्र हल्लाएको दाबी गरेका हुन्।
‘महेश बस्नेत केटाकेटीको कुरा नै नगर्नु। अहिले मिटिङ बस्दैछ्,’ उनले भने, ‘एकातिर सबै संसदीय दल,अर्कातिर एउटा दुर्गा प्रसाई, हल्लियो होइन गणतन्त्र ? कि हल्लेको देख्नुभएन अहिले पनि ?’आफूलाई मोसो दलेर एमाले नेता जिन्दाबाद भन्ने कार्यकर्ताले गण्तन्त्रविरोधी फरक धारको शक्ति बल्ल देखेको उनले दाबी गरे।
गणतान्त्रिक व्यवस्थाको आलोचना गरेका उनले सबै मिलेर मुलुक बचाउनुपर्ने बताए। ‘तस्कर भ्रष्टाचारीलाई लखेटौं। यो समय दुर्गा प्रसाईंको हा,’ उनले भने। ‘सबै झण्डा त्याग गरेर नेपाली झण्डा मुनि आउनु। म हजुरबुबालाई पनि भन्छु, बुद्धि छ भने अहिले पनि आउनु, प्रधानमन्त्रीलाई पनि म आउनुस्।शेरबहादुर दाईलाई पनि भन्छु आउनु, गगन, विश्वप्रकाश, रवी लामिछाने, ज्ञानेन्द्र शाही सबैलाई बोलाउँछ। आउनुस्,’ उनले भने,‘नेपालको झण्डा बोकेर गरिबी, तस्कर र भ्रष्टाचारीसँग सब एक भएर लड्नआउनु भनेर सम्पूर्णलाई म आह्वान गर्छु।’
उनले आफ्नो आन्दोलन निरन्तर रहने बताए। ‘यो व्यवस्था परिवर्तन भएको दिन गरिबहरुको ऋण मिनाहा हुन्छ, यो देशको अर्को शंखधर साख्वा हो यो दुर्गा प्रसाईं,’ उनले भने।
प्रतिक्रिया