रूसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

काठमाडौँ । रुस–युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको छ। रूसी सेनामा भर्ना भएका तीन नेपालीको कात्तिक २९ गते मृत्यु भएको हो। मृत्यु हुनेमा दोलखाको मेलुङ–६ सुनापतीका राजकुमार रोका, इलाम–५ का गंगाराज मोक्तान र स्याङ्जा पुतलीबजार–५ ठूलास्वाराका प्रितम कार्कीको मृत्यु भएको हो। उनीहरू भिडन्तमा मारिए या के कारणले मारिए भनेर अझै खुल्न सकेको छैन।…