तीन वर्षपछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा

तीन वर्षपछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा


काठमाडौं ।

तीन वर्षपछि बार्सिलोनाले च्याम्पियिन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ। मंगलबाराति घरेलु मैदानमा पोर्टोलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो।

बार्सिलोनाले सन् २०२०२१ को सिजन पछि पहिलो पटक नकआउट चरणमा स्थान बनाएको हो। समूह एचमा रहेको बार्सा पाँच खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानको पोर्टो र तेस्रो स्थानमा रहेको शाख्तर डोनेस्कको समान ९ – ९ अंक छ।

बार्सिलोनाले पोर्टोमाथि पुनरागमन जित दर्ता गरेको थियो। एक गोलले पछि परेको बार्सिलोनाले जित निकाल्न सफल भयो ।खेलको ३० औं मिनेटमा पोर्चुगिच क्लबका लागि ब्राजिलियिन विंगर पेपेले गोल गरेका थिए। एक गोलले पछि परेको बार्सिलोनाले लगत्तै बराबरी गरेको थियो।

३२ औं मिनेटमा जोवाओ कान्सेलोले गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो। ५७ औं मिनेटमा जोवाओ फिलिक्सले गोल गर्दै अग्रता २–१ बनाए। त्यही अग्रता नै अन्तिमसम्म कायम राख्दै बार्सिलोनाले जित निकाल्न सफल भयो।