काठमाडौँ ।
रुस–युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको छ। रूसी सेनामा भर्ना भएका तीन नेपालीको कात्तिक २९ गते मृत्यु भएको हो।
मृत्यु हुनेमा दोलखाको मेलुङ–६ सुनापतीका राजकुमार रोका, इलाम–५ का गंगाराज मोक्तान र स्याङ्जा पुतलीबजार–५ ठूलास्वाराका प्रितम कार्कीको मृत्यु भएको हो।
उनीहरू भिडन्तमा मारिए या के कारणले मारिए भनेर अझै खुल्न सकेको छैन। तर त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गराइदिन मस्कोस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया