दुर्गा प्रसाईंलाई प्रहरीले आन्दोलन स्थल जानबाट रोक्यो

दुर्गा प्रसाईंलाई प्रहरीले आन्दोलन स्थल जानबाट रोक्यो


काठमाडौँ ।

केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले प्रदर्शन स्थल जानबाट रोकेको छ। भक्तपुरबाट प्रदर्शनका लागि काठमाडौं आउँदै गरेका प्रसाईंलाई प्रहरीले बाटोमै रोकेको हो।

उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको बताइएको छ। आफ्ना समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट काठमाडौं आउँदै गरेको उनलाई बाटोबाटै फिर्ता पठाइएको हो।

नागरिक तथा राष्ट्र बचाउ महाअभियान नाम दिएर मंसिर ७ गतेदेखि प्रसाईं समूहले काठमाडौंमा प्रदर्शन गर्दै आएको छ।