अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित

अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित


काठमाडौँ ।

अष्ट्रेलियाले तेस्रो टी–२० आई सिरिजमा भारतलाई ५ विकेटले पराजित गरेको छ। योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २–१ ले पछि छ। गुवाहाटीमा मंगलबार भएको खेलमा जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले शतक बनाए। उनी एक सय चार रनमा अविजित रहे। ट्रविस हेड ३५ रनमा आउट भए। कप्तान म्याथ्यु वेड २८ रनमा अविजित रहे। भारतका रवि विश्रोईले दुई तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। भारतका ऋतुराज गायकवाडले एक सय २३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए। तिलक बर्मा ३१ रनमा अविजित रहे।

अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले एकरएक विकेट लिए। भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो।

चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ। यसअघि भएको एक दिवसीय विश्वकप क्रिकेटमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जितेको थियो।