अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भन्यो : विपिन जोशीको अविलम्ब विना सर्त रिहाइ गरियोस्

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको विना सर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय सरोकारवाला समुदायलाई आग्रह गरेको छ। बिहीबार बसेको समितिको बैठकले विना सर्त विपिनको रिहाइको लागि विज्ञप्तिमार्फत आग्रह गर्ने निणर्यगरेको सभापति राजकिशोर यादवले बताए। उनले भने, ‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग…