यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ४४ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलरको रेट २ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।