काठमाडौं । आज शुक्रबारबाट नेपालमा दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ देशभरका सिनेमाघरमा रिलिज हुँदैछन्। बाबुछोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खि बसें तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ। घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म हो। घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रुपमा राम्रा फिल्म निर्देशन गरेका थिए।…