कम्पालामा दाहालको सम्बोधन : उठाए एक दर्जन एजेण्डा, जलवायु परिवर्तन र त्यसको असर सम्बोधनको प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा बाह्र वटा एजेण्डा उठाएका छन। युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गरेका दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई महत्व दिएरै उठाएका छन्। दाहालको एक दर्जन एजेण्डामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको जानकारी देखि विश्वव्यापी वित्तीय सुधारको…