नेपाललाई जितका लागि नेदरल्यान्ड्सले दियो १३८ रनको लक्ष्य

नेपाललाई जितका लागि नेदरल्यान्ड्सले दियो १३८ रनको लक्ष्य


काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले जितका लागि १३८ रनको लक्ष्य पाएको छ। नेपालका लागि बलिङ कुशल भुर्तेल चम्किएपछि नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो।

टीयू क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको हो। उसका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए। त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए।

कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे। नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।