काठमाडौं ।
आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार शम्भुजित बास्कोटालेसंगीतकर्मीहरुलाई राष्ट्रको गहनाभन्दा पनि पहिचानका रुपमा बुझ्न आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा शनिबार आयोजितसंगीतकार संघ नेपालको १२ औं वार्षिक साधारणसभामा उनले संगीतकर्मीहरुलाई राष्ट्रको गहना भनेर नेताहरुले भाषण गर्ने र लकरमा मात्र सीमित गर्ने गरेको भन्दै पहिचानको रुपमा बुझ्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने,‘राष्ट्रले संगीतकार संगीतकर्मीहरुलाई गहना होइन पहिचान हो राष्ट्रको भन्ने बुझ्नुपर्छ। गहना त हुन्छ एउटा लकरमा जसरी राख्यो । राष्ट्रको गहना भन्दै नेताहरुले भाषण गर्छन्, कलाकारहरु मक्ख। सेल्फी पनि माग्छन्, भैहाल्यो।’
उनले संगीत क्षेत्रको हक अधिकार प्राप्तिका लागि सरकार चलाउनेहरुको नजर बदल्नुपर्ने धारणा राखे। उनले भने, ‘अब हामीले कतिन्जेल हक अधिकारको लागि कराउने लड्ने?सरकार चलाउनेलाई बदल्न हामीले सकेनौ भने हामी केही गर्न सक्दैनौं। हामी लडेको कयौं वर्ष भइसक्यो, कयौं दिवंगत भइसक्नुभयो।’

प्रतिक्रिया