नेदल्याण्ड्सविरुद्ध नेपाललाई चौथो सफलता

नेदल्याण्ड्सविरुद्ध नेपाललाई चौथो सफलता


काठमाडौँ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले चौँथो सफलता पाएको छ। नेदरल्याण्ड्सका बास डि लीडको विकेट लिँदै बलर ललितनारायण राजवंशीले नेपाललाई चौँथो सफलता दिलाएका हुन्।

यसअघि बलर ललितनारायण राजवंशीले १५.४ ओभरमा स्याब्रान्ड एंगेलब्रेक्टलाई आउट गरेका थिए।। ललितको यो दोस्रो विकेट हो।

पहिलो पावरप्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सले २ विकेट लिएको थियो। २२ ओभरमा चार विकेट गुमाउँदा नेदरल्यान्ड्स ८१ रन बनाएर खेलिरहेको छ।