अनिल र आसिफ सेखको शतकमा नेदरल्याण्डसमाथि नेपालको शानदार जित

अनिल र आसिफ सेखको शतकमा नेदरल्याण्डसमाथि नेपालको शानदार जित


काठमाडौँ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ। टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।

नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे। यसअघि टस हारेर पहिलले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा समेटिएको थियो।

नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भएका थिए।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए।