काठमाडौँ । बेलायतमा बसोबास गर्ने कानून ब्यवसायी राजु थापाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ। भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा थापाबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो। बेलायतको लण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा कार्यालयमा एभरेष्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आएका थापाबिरुद्ध काठमाडौं जिल्ला अदालतले…