त्रिशूलीमा ट्याक्सी खस्दा बालकसहित ५ जनाको मृत्यु

त्रिशूलीमा ट्याक्सी खस्दा बालकसहित ५ जनाको मृत्यु


काठमाडौं ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको शव फेला परेको छ तर, परिचय खुलेको छैन।

‘एक बालक सहित तीन महिला र एक पुरुषको शव भेटिएको छ, ट्याक्सीमा कति जना सवार थिए सो बारे हामी यकिन गर्दै छौं’ थापाले भने।