जब पोखरामा प्रधानमन्त्री छमछमी नाचे…!

पोखरा । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। मध्यान्हपख घोषणा समारोह सुरु भयो। समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद…