नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ : केपी ओली

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ : केपी ओली


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताएका छन्।

सोमबार नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा चल्नेभएकाले एमाले सतर्क रहनुपर्ने र एमाले एकताबद्ध हुनुपर्ने जिकिर गरे।

‘यत्रो पार्टीमा पाँच लाख भन्दा बढि सदस्य छन्। कोही एक जनाले कहींकतै वोल्दाखेरी अलिकति जिब्रो चिप्लियो भनेसमाचार बन्छ। हंगामा चल्छ। बिभिन्न पक्षमा आशा पलाउन थाल्छ, यसमा सतर्क हुने कुरा मात्र हो।’

उनले भने,‘नेकपा एमाले आज एकताबद्ध, एक ढिक्का छ र एकताबद्ध रहनेछ। एमालेले आफ्नो काँधमा अभिभारा रहेको बुझेको छ। समृद्ध नेपाल सुखी नेपाली बनाउन हामीले गर्छौ भनेका छैनौं। अरु साथीहरुलाई पनि साथ लिएर गर्ने भनेका हौं। तर यसको अगुवाइ एमालेले गर्नुपर्छ ।हामीले पदको होइन विचारको अगुवाइ गर्दै आएका छौं। सरकारमा होस कि नहोस्।’

उनले कम्युनिस्ट जन्मिएपछि राणा शासन अन्त्य भएको र देशमा उथलपुथल भएर जनताले जित्दै आएको कुरा स्मरण गरे ।नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको बताए।

उनले भने,‘कम्युनिस्टको जन्म भयो कि यहाँ राणा शासन विरोधी आन्दोलनदेखि राणा शासन फ्याँकिनेदेखि अनेक खालका उथलपुथल भइरहेका छन्। तर अन्तिममा जनताले जित्दैआएका छन्। गाउँतिरभन्छन् नि मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको छ। नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भइरहेको छ।’