काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६९ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.२१ रुपैयाँ रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.६७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.०३ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८५ रुपैयाँ रहेको छ भने बिक्री दर २७।९८ रुपैयाँ रहेको छ।
प्रतिक्रिया